प्रदेश १ मा गठबन्धन उम्मेदवरलाई अन्तरघात, एमालेका ग्याल्जेन शेर्पा विजयी

Avatar photo
Dhadingpost
माघ १२, २०७८

काठमाडौं । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ ।

अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका एमालेका शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे । अर्को सिटमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले जितेकी छन् । उनी भने गठबन्धनकै उम्मेदवार हुन् ।