बागमतीमा राप्रपा सांसदले मानेनन् पार्टीको ह्‍विप

Avatar photo
Dhadingpost
माघ १२, २०७८

धादिङ । आफ्ना उम्मेदवार नभएको प्रदेशमा मतदान नगर्ने बताएको राप्रपाले आफ्नो उम्मेदवार नभएपनि राष्ट्रियसभाको बागमती प्रदेशमा मतदान गरेको छ। बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले मतदान गरेका हुन् ।

प्रदेश १ बाहेक अन्त उम्मेदवार नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो ।

मतदानमा सहभागी रिता माझीले पार्टीले हिजो बेलुका मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरेको बताइन् । राप्रपाको बागमती प्रदेशमा स्थानीय तहमा २ जना, प्रदेशसभामा २ जना प्रतिनिधि छन् । राप्रपाले एमालेमा मतदान गर्ने औपचारिक निर्णय गरेको थियो ।

दुई पदका लागि हुन लागेको बागमतीमा ६ जनाको उम्मेदवारी छ। सत्तारुढ गठबन्धनका २, नेकपा ९एमाले०को तर्फबाट दुई र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जना चुनावी मैदानमा होमिएका छन्।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा एसबाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन् । एमालेबाट महिलामा नीरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा रहेका छन् ।