धुनीबेसीमा किसानलाई ब्याड बोका वितरण

Avatar photo
Dhadingpost
आइतवार, माघ ९, २०७८

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाकाले कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत किसानलाई उन्नत जातको बोका वितरण गरेको छ ।

पशु उद्यमशिलता विकास परियोजना अन्तरगत वडा नं.२, ३, ५, ६, ७, ८, ९ मा समुहहरूलाई १८ वटा उन्नत जातको ब्याड बोका वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले धादिङपोष्टलाई बताए । तस्वीर सौजन्यः रोशन नेपाल