चोरीमा संलग्न दुई व्यक्ति पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, माघ ६, २०७८

काठमाडौं । केशरमहल भित्र रहेको केशर पुस्तकालयको ठुलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वको पुरातात्विक महत्वका सामाग्रीहरू चोरी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाघको टाउकोको नम्बर २६, केशर समसेरको पोसाक लुगा सेट मध्येको तरवार थान २ (नम्बर ३४ र ३५) समेत चोरी भएको सामान सहित दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङ तुल्सिपुरका सुमन शर्मा र रुकुम पश्चिम मुसिकोटका बिर बहादुर सुनार छन् ।

उनीहरुबाट रातो कलेजी रङको दाप भएको लम्बाई ९३ सेमी र चौडाई ३ सेमी भएको सेतो कालो रङको धातुको बिड भएको तरवार थान १, लम्बाई ९८ सेमी र चौडाई ४ सेमी भएको सेतो हड्डीको जस्तो बिड भएको तरवार थान १ र टुप्पोदेखी गर्धन सम्मको लम्बाई ३८ सेमी भएको गोलाई भएको बाघको जस्तो टाउको देखिने वस्तु थान १ बरामद गरिएको समेत प्रहरीलेजनाएको छ ।