
काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३(३ रुपैयाँको दरले मूल्यवृद्धि गरेपछि आन्दोलित विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दोहन गरेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको अस्कल क्याम्पस परिसरमा अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।
