पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Avatar photo
Dhadingpost
माघ ६, २०७८

काठमाडौं । आज देखि लागू हुनेगरी पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेलरमटितेल १२२ रुपैयाँ पुगेको छ । घाटा भएपनि खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेलरमटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

निगमले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक नयाँ मूल्य प्राप्त गरेको र अधिकांश पटक मूल्य बढेर आएको भएपनि ३ पटक मात्र मूल्य समायोजन गरेको निगमले जानकारी दिएको छ ।