नेपालको अर्थतन्त्र हालसम्मकै उच्च घाटामा

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ३०, २०७८

काठमाडौं । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँ शोधान्तर घाटा छ । त्यस्तै मंसिर महिनाको मूल्यवृद्धि दर ७.११ प्रतिशत छ । कात्तिकमा मूल्यवृद्धि दर ५.३२ प्रतिशत थियो ।

विदेशी विनिमय संचिति १३.२ प्रतिशतले घटेको छ । जुन कात्तिक महिनामा ११ प्रतिशत थियो । त्यस्तै विदेशबाट नेपाल भित्रने रकम (रेमिट्यान्स) पनि नराम्ररी घटेको छ । तथ्यांकअनुसार ६.८ प्रतिशतले रेमिट्यान्स भित्रने दर घटेको छ ।

नेपालको अर्थतन्त्र इतिहासकै सबैभन्दा गम्भीर मोडमा पुगेको छ । संकटग्रस्त स्थितिको सामना गरिरहेको अर्थतन्त्रका सबैजसो सूचक नकारात्मक छन् । आर्थिक वर्ष २०७८/७९ को मंसिर महिनासम्मको तथ्यांकले मुलुकको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको देखाउँछ ।