सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २७, २०७८

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–७ की २७ वर्षीया महिलाको सोमबार राती सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । तर उनको मृत्यु स्वास्थ्यकर्मीको भएको आरोप लगाउँदै आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले दुई जना स्त्री रोग विशेषज्ञ सहितको प्रसुती सेवा भएको र उपचारको प्रयास गरिएपनि पोष्ट पार्टम हेमरेज (सुत्केरीपछिको अत्यधिक रक्तश्राब) का कारण मृत्यु भएको बता ए।

डा पाण्डेले उपचारका क्रममा कुनै लापरबाही नभएको पनि जानकारी दिए । उनले आफन्तलाई तोडफोडभन्दा पनि उपचारमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी दिन भनेको पनि बताए ।

आजै अस्पतालले विज्ञप्ती जारी गर्दै अस्पताल तोडफोड गर्नेलाई कानुनी कार्वाही गर्न माग गरेको छ ।