प्रचण्ड पछि माधव नेपाललाई कोरोना संक्रमण

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २७, २०७८

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित आधा दर्जन माओवादी केन्द्रका नेताहरु यतिबेला कोरोना संक्रमणका कारण आईशोलेसनमा छन् ।

मंगलबार आएको रिपोर्ट अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए ।