खाल्टेका डम्बर श्रेष्ठको आज १९ औं स्मृति दिवस (जिवनी समेत)

Avatar photo
शुसिला रिजाल
सोमवार, पुस १९, २०७८

धादिङ । जनयुद्धको क्रममा धादिङको नीलकण्ठ नगरपालिका स्थित खाल्टेका डम्बर श्रेष्ठ (दिनेश) लाई तात्कालिन शाही सेनाले आजैका दिन अर्थात ०५९ साल पुस १९ गते हत्या गरेको थियो ।

पार्टी कामको शिलसिलामा रहँदै गर्दा तात्कालिन सेनाले रसुवामा दिनेश बसेको रहेको घर घेरा हाली निशस्त्र अवस्थामा चरम यातना पश्चात हत्या गरेको थियो ।

डम्बर श्रेष्ठ (दिनेश) को संक्षिप्त जिवनी
धादिङको नीलकण्ठ नगरपािलका स्थित खाल्टे ३ फ्याक्सेमा बाबा चन्द्र बहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठबाट ३ सन्तान मध्य कान्छो सन्तानको रुपमा वि. स. २०३८ साल असार २४ गते जन्मनु भएको हो डम्वर श्रेष्ठ (दिनेश) । उहाँका दाजुहरु हेमलाल श्रेष्ठ र टेक बहादुर श्रेष्ठ हुनुहुन्छ । किसान काम गरेर जेनतेन गुजारा चलाउने परिवारमा जन्मनु भएका दिनेश सानैदेखि अन्याय नसहने बिद्रोहि स्वभावको हुनुहुन्थ्यो ।

सबैसँग मेलमिलाप गर्न सक्ने कला हुनुभएका दिनेश खेलकुदमा पनि त्यतिकै रुची राख्नु हुन्थ्यो । घरमा आमा बाबुले अह्राएको भन्दा बढि काम गरेर देखाउने बानी थियो उहाँको । घर नजिकैको पन्चकन्या मा. वि. फ्याक्सेबाट ९ कक्षा सम्मको पढाई सक्नु भयो । उहाँका सम्पुर्ण परिवार तात्किालिन माओवादीमा आवद्ध हुनुहुन्थ्यो । विगत जनमोर्चा देखिनै पार्टीलाई सहयोग गर्दै आएका परिवार अहिले पनि नेकपामा आवद्ध हुनुहुन्छ ।

विद्यार्थी जीवन देखिनै क्रान्तिकारी संगठनमा आवद्ध दिनेशकोे वि।स। २०५५ साल बाट भुमिगत जीवन सुरु भयो । पुर्णकालिन लगत्तै पार्टी सदस्यता प्राप्त गर्नुभएको उहाँ वि. स. २०५६ मा इलाका सदस्य बन्नुभयो । पुर्णकालिन पछि कलाकारितामा काम गर्नुभएका डम्बर पछि जनमुक्तिसेनामा कार्यरत हुनुभयो ।

धादिङको दार्खा चौकी, नुवाकोटको तारुका चौकी, काउले धादिङको एम्बुस लगाएत कार्बाहीमा सहभागी दिनेश निकै साहसी हुनुहुन्थ्यो । तत्कालिन धादिङको फौजी र गैह्र फौजी कार्बाहीमा सहभागी दिनेश ले धेरै प्राविधिक र फौजी तालिम पनि हासिल गर्नु भएको थियो ।

पछि उहाँको कार्यक्षेत्र रसुवा जिल्ला पर्यो । संगठनले उहाँलाई दिएको जिम्मेवारी पुरा गर्दै हुनु हुन्थ्यो । यो कुरा दुश्मन सम्म स्थानीय सुराकीले पुर्‍याए । सेनाले उहाँ बसेको बस्तीमा आई घेराहाली गिरफ्तार गर्‍यो । चरम यातना पछि वि.स.२०५९ साल पुष १९ गतेको दिन निसस्त्र दिनेशलाई तात्कालिन सेनाले हत्या गरेको थियो ।