काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित र विजय कुमार गच्छदार सहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् ।
विधानले दिएको अधिकार प्रयोग गरि देउवाले सभापतिमा पहलो चरण प्रतिस्पर्धा गरेर दोस्रो चरणमा आफूलाई समर्थन जनाएका विमलेन्द्र निधी र प्रकाशमान सिंहलाई पनि मनोनित गरेका छन् । त्यस्तै उपसभापतिमा आफ्नो टिमबाट पराजित भएका विजय कुमार गच्छदार, महामन्त्रीमा पराजित डा। प्रकाश शरण मत र उपसभापतिमा प्रकाशमान सिंहको प्यानलबाट पराजित सुजाता कोइराला पनि मनोनित भएका छन् ।
यस्तै कृष्णप्रसाद सिटौला, डा। प्रकाशशरण महत, डा। नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत भएका छन् । नेता पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् । निधि र सिंह सभापातिका उम्मेदवार थिए । दोस्रो चरणको निर्वाचनमा दुबैले देउवालाई समर्थन गरेका थिए ।