
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ ।
सहमतिबाट नै केन्द्रीय सदस्यको टुंगो लगाउने प्रयास अनुसार प्रदेशगत छलफल जारी रहेको बेला माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले प्रक्रिया भने सुरु गरेको हो ।
निर्वाचन समितिले १ हजार ७४२ जनाको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय समिति सदस्यको नामम सहमति जुटाउन अपरान्ह ५ बजेसम्मको समय दिइएको छ ।