धादिङको वाल्मीकि कृषि फार्म पुरस्कृत

Avatar photo
Dhadingpost
शनिबार, पुस १७, २०७८

धादिङ । नेपाल कृषि केन्द्रिय सहकारी संघ लिमिटेडको वार्षिक उत्सव तथा चौथो अधिबेशन अवसरमा धादिङको वाल्मीकि कृषि तथा पशु-पन्छी फार्म पुरस्कृत भएको छ ।

धादिङ जिल्ला ज्वालामुखी गाउपालिका वाड न ५ मा रहेको वाल्मीकि कृषि तथा पशु-पन्छी फार्मलाई उत्कृष्ट घोषणा गर्दै नेपाल कै उत्कृष्ट युवा व्यवसायी पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।

ध्रुर्व अधिकारीका अनुसार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवम् अन्तराष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको सञ्चालक सदस्य मिनराज कडेल र नेपाल कृषि केन्द्रिय सहकारी संघ लिमिटेड अध्यक्ष खेम पाठकले उक्त पुरस्कार रकम र सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

धादिङपोष्टले वाल्मिकी कृषि फार्मको बारेमा यस अघि नै नमुना योग्य काममा सक्रियतामा प्रशंसा गर्दै समाचार लेख्दै आएको छ । खरी धुसेनीको वाल्मिकी केषि फार्मले यस फर्ममा १५ जना किसानहरु जोडिएका छन् भने यी १५ जना मध्यमा पनि दुई भाई ध्रुव अधिकारी र दिनेश अधिकारीले ७० वटा टनेलमा तरकारी खेती गर्दै आईरहेका छन् ।

१५०० मिटरको उचाईमा पानी तानेर (७० वटा टनेल सहित) ७२ लाख खर्च गरि यी दुई दाजु भाईले तरकारी खेती सुरु गरेका हुन् । रोजगारीको लागि धेरै देश चहारेको छु । अहिले आफ्नै गाउँमा केहि गरौं भनेर व्यवसायीक कृषिलाई जोड दिएको इश्वर अधिकारीले धादिङपोष्टलाई बताए ।