धादिङ साउन ३२ । जनप्रतिनीधि कृषि मैत्री बने भने किसानहरु व्यवसायीक बन्न उत्साहित हुने धादिङको खरीमा प्रष्टै देखिन्छ । वडा अध्यक्ष कृष्ण काप्री आफै कृषक र कृषिलाई कसरी अधुनिकिकरण गर्न सकिन्छ, किसानलाई कसरी व्यवसायी मैत्री बनाउने भनेर लागेका छन् ।
वडा अध्यक्ष काप्री यस मानेमा सफल हुँदै गएका छन् कि तरकारी पनि विक्रि हुन्छ र ? तरकारी फलफुलबाट पनि आम्दानी हुन्छ त ? भन्ने मानसिकताबाट माथि उठेर परम्परागत कृषिबाट माथि उठेर किसानहरु व्यवसायीक कृषि तर्फ आकर्षित बन्न थालेका छन् । ज्वालमुखी गाउँपालिका ५ साविकको खरी गाविसका किसानहरु आधुनिक कृषिमा उत्साहित बने सँगै वडा अध्यक्ष काप्री खरीलाई कृषि पकेट क्षेत्र बनाउने दौडमा छन् ।
कृषि पकेट क्षेत्र बनाउने अभियानलाई साथ दिई रहेको छ खरी धुसेनीको वाल्मिकी केषि फर्मले यस फर्ममा १५ जना किसानहरु जोडिएका छन् भने यी १५ जना मध्यमा पनि दुई भाई ध्रुव अधिकारी र दिनेश अधिकारीले ७० वटा टनेलमा तरकारी खेती गर्दै आईरहेका छन् ।
छोरी गण्डकीबाट १५०० मिटरको उचाईमा पानी तानेर (७० वटा टनेल सहित) ७२ लाख खर्च गरि यी दुई दाजु भाईले तरकारी खेती सुरु गरेका हुन् । रोजगारीको लागि धेरै देश चहारेको छु अहिले आफ्नै गाउँमा केहि गरौं भनेर व्यवसायीक कृषिलाई जोड दिएको इश्वर अधिकारीले धादिङपोष्टलाई बताए ।
एक दिनको अन्तरमा ८० देखि ५० क्रेट गोलभेडा र काउली उत्पादन भईरहेको छ । बजार मुल्य सोचे जस्तो हुन नसके पनि पोखरा, काठमाडौ पठाउने गरेको उनी बताउँछन् ।साना किसानले १ वटा हाईटेक टनेल दिएको छ, गाउँपालिकाले नमुना कृषि पकेट क्षेत्र बनाउने सर्तमा १२ लाख अनुदान दिएको बताउँदै इश्वर अधिकारी भन्छन् सरकारको सहयोग छ, बजारको अभाव छैन त्यसैले ४१ रोपनामा गरिएको यस तरकारी खेतीलाई अब फेरि बडाउने योजनामा छौं ।
त्यसो त खरीमा यो फर्म मात्रै हैन हरेक सहकारीहरुले आफ्ना सदस्यहरुलाई व्यवसायीक खेतीमा जोड दिई रहेको छ भने नेपाल के चर्चित खरी पिडालु, तरबुजा खेती, एभोकाडो खेती, सुन्तला खेती, कागति खेती, अदुवा खेती, हलेदो खेती, स्टेबेरी खेती बाख्रा पालन व्यवसायीक रुपमै सुरु भएको वडा अध्यक्ष काप्री बताउँछन् ।
वडा अध्यक्ष काप्रीले चाहि मोरिङ्गा (सितलचिनि) तरबुजा, सखरखन्ड र सिमल तरुलको खेती गर्दै आएका छन् ।