गजुरीमा रुद्रेश्वर आमा समुहको १० दिने मनोसामाजिक तालिम सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १६, २०७८

धादिङ । गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा रुद्रेश्वर आमा समुहले गजुरीमा आयोजना गरेको १० दिने समुदायमा आधारित आधारभुत मनोसामाजिक सहयोग तालिम आज सम्पन्न भएको छ ।

गजुरी गाउँपालिकाको उप-प्रमुख सिता ढुङ्गानाको हातबाट आज एक कार्यक्रमका बीच आयोजकले सहभागिहरु १९ जनालाई प्रमाण पत्र प्रदान गरेका थियो ।