राप्रपाका ४ नेता पार्टीबाट निष्काशन

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १६, २०७८

काठमाडौं । राप्रपाले शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकबाट ४ जना जिल्ला तहका नेतालाई निष्काशनको घोषणा गरेको छ ।

बैठकले काभ्रेपलाञ्चोक जिल्ला कार्य समितिको सिफारिस अनुसार अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको हो ।

पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले उनीहरुलाई निष्काशन गरिएको महामन्त्री भुवन पाठक बताए ।