
धादिङ । धादिङ गजुरी गाउँपालिका चालिसे निवासी विनय तामाङले यहि जनवरीमा बंगलादेशमा अपाङ्गता भएका व्यक्तिहरु बीच हुने प्रतियोतियोगिता खेल्ने इच्छा व्यक्त गरेका छन् ।
२६ वर्षिय विनय आफ्नो रुचीको खेल क्रिकेट भएको र नेपालको तर्फबाट सहभागी भएर जितेर आउन इच्छा भएको धादिङपोष्टलाई बताए । नेपालबाट कोको अपाङ्गता भएका व्यक्तिहरुले खेल्न पाउने उनीहरुको खेल हेरेर पुस २४ गते शनिबार छनोट गरिने र छनोट भएका खेलाडीलाई क्लोज क्यम्पमा राखि प्रतियोगिताको लागि बंगलादेश पठाईने छुल्तिम शेर्पाले धादिङपोष्टलाई बताए ।
आगामी जनवरी २३ देखि भारत, बंगलादेश, श्रीलंका र नेपाल बीच उक्त क्रिकेट प्रतियोगिता हुनेछ । यसअघि नेपाल महिला दृष्टिविहीन क्रिकेट टोलीले पाकिस्तानमा भएको टी–२० अन्तराष्ट्रिय सिरिजमा विजयी भएर ट्रफीसहित घर फर्केको थियो ।