प्रचण्डपथलाई अघि बढाउन सुझाव

Avatar photo
Dhadingpost
बुधबार, पुस १४, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औ महाधिवेशनमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन समुह बनाएर छलफल गरि सुझाव पेश हुन थाले सँगै प्रचण्डपथलाई अघि बढाउन सुझाव आएका छन् । यसै क्रममा समुह १४ का समुह नेता टंक राईले समुहको छलफलपछि प्रचण्डपथलाई विचारधाराका रुपमा अघि बढाउन पनि सुझाव पेश गरेका छन् ।

यस्तै धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले पनि आफ्नो फेसबुकमा घुमाउरो पारामा प्रचण्डपथलाई विचारधाराको रुपमा अगाडी बढाउनु पर्ने संकेत गरेका छन् जमकट्टेलले एेतिहासिक ८ औं राष्ट्रिय महाधिवेशन को दोस्रो दिनको बन्दसत्रमा आदरणीय अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गर्नु भएको २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शिर्षकको राजनैतिक प्रतिवेदन एक पटक अध्ययन गरे । मेरो अध्यनले प्रस्तुत प्रतिवेदनलाई प्रचण्डबिचारको रूपमा संस्लेशण गर्दा ठिक हुन्छ जस्तो लाग्यो । भनेर फेसबुमा लेखेका छन् ।

समुहगत सुझाव संकलनमा पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग आएको छ । बुधबार प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै एकजना प्रतिनिधिले भनिन्, ‘पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्छ ।’ संघीय संरचनाअनुसारको वैज्ञानिक शिक्षा नीति र कोभिडले अर्थतन्त्रमा पारेको प्रभावबारे पनि उल्लेख गर्न पनि उनले सुझाव दिइन् ।