
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली रही देशभर हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।
काठमाडौंको चन्द्रागिरि डाँडामा पनि मिर्मिरेमा बाक्लै हिमपात भएको छ । चन्द्रागरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ । तस्वीर: फाईल