फेसबुक मार्फत ठगि गरेको आरोपमा रमेश थारु पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १३, २०७८

काठमाडौं । फेसबुक पेज मार्फत ठगि गरेको आरोपमा प्रहरीले बर्दिया बारबर्दिया नगरपालिका १० का रमेश थारुलाई पक्राउ गरेको छ ।

नक्कली फेसबुक पेजबनाई DSLR Camera को खरिद तथा बिक्री गर्न आकर्षक बिज्ञापन राखेर खरिद गर्न चाहाने ग्राहकबर्गहरुको लागी सम्पर्क गर्न र अग्रिम पैसा भुक्तनी गर्न लगाई ठगि गर्ने गरेको पाईएकोले रमेश थारुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आफ्नो सम्पर्क नम्बर समेत दिई Canon 80 मोडेलको क्यामराको मूल्य ७८,०००।– पर्छ ५०% रकम पहिला पठाउनु भनी ग्राहकलाई रकम IME pay app, E-sewa मार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्क बिहिन भई ठगी गरेको प्रहरीको आरोप छ ।