काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनको जानकारी दिन प्रचार तथा प्रकाशन विभागले मिडिया सेन्टर स्थापना गरेको छ ।
हरेक दिन साँझ नेकपा माओवादी केन्द्रका प्रचार बिभाग प्रमुख कृष्णबहादु महराले मिडिया सेन्टर मार्फत महाधिवेशन दिने प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटाले बताए ।
महाधिवेशनको बन्द सत्र आज विहान साढे ११ बजेबाट सुरु भएको छ । बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गर्नेक्रम जारी छ । अध्यक्ष प्रचण्डको दस्तावेज प्रस्तुतीकरण सकिएपछि आजै स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने बताईएको छ । वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन पुस १५ गतेसम्म चल्नेछ ।