हेटौंडा । बागमती प्रदेश सरकार चौथो पटक विस्तार नयाँ रेकर्ड राखेको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ३ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् । क्रमश भूमि व्यवस्था सहकारीमन्त्री बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् ।
त्यस्तै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सन्तबहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा रजनी अमात्य र स्वास्थ्य राज्यमन्त्रीमा कल्पना नेपाली नियुक्त भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यससँगै बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटै मन्त्रालयले फुल मन्त्री पाएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको आजै सपथ हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बागमतीमा गएको मंसिर १५ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार ८ वटा मन्त्रालय फुटाएर १४ वटा पुर्याइएको छ । निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गरी कूल ८ मन्त्रालय पुर्याएकी थिइन् ।