देशभरका सरकारी विद्यालयमा इन्टरनेट पुर्याउँदै

Avatar photo
Dhadingpost
बिहिबार, पुस ८, २०७८

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष मार्फत देशभरका सरकारी विद्यालयमा इन्टरनेट पुर्याउने भएको छ ।

काठमाडौं उपत्यका बाहेकका जिल्लाका सबै स्थानीय तह, वडा कार्यालय, सरकारी विद्यालय र स्वास्थ्य संस्थामा स्तर उन्नती गर्न तथा सरकारी विद्यालयमा कम्तिमा २० एमबीपीएसको इन्टरनेट जडान गर्न ३३८ स्थानीय तहसँग सम्झौता गरिएको प्राधिकरणले जनाएको छ ।

७३२ स्थानीय तहमध्ये हालसम्म ३३८ स्थानीय तहसँग मात्रै सम्झौता भएको छ भने बाँकीसँग सम्झौता भएको छैन् । प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै बाँकी छुटेका स्थानीय तहलाई १ महिनाभित्र समझदारी पत्रमा हस्ताक्षरका लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।

हस्ताक्षरका लागि सम्पर्कमा आउने स्थानीय निकायहरूको सूचीलाई अन्तिम मानी इन्टरनेट विस्तार गरिने प्राधिकरणले जनाएको छ ।