
हेटौडा । नेकपा एमालेको अवरोधपछि बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।
वैठकमा कार्यसूची पेस गर्न लाग्दा एमालेका प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए सँगै वैठक स्थगित भएको हो ।
आजको वैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो ।