गल्छीका भिम बहादुर तामाङ लागूऔषध सहित पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, पुस ८, २०७८

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नं ५ बैरेनी बस्ने ३६ वर्षीय भिम बहादुर तामाङ लागूऔषध पोल्याण्ड सहित पक्राउ परेका छन् ।

गल्छीका तामाङलाई मध्यपुर ठिमी नगरपालिका–४ नयाँठिमीबाट २ केजी अवैध लागूऔषध पोल्याण्ड सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले प्रदेश ३–०२–०१४ प ७०१८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।