काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिन पाँच दलीय गठबन्धन टुट्न नदिने बताएका छन् ।
नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन नफुट्ने बरु अन्य राजनीतिक शक्तिलाई समेत समेटेर थप बलियो बनाउने बताएका हुन् ।
‘हामी प्रतिगमनलाई निर्णायक ढंगले परास्त गर्नेगरी प्रस्तुत हुन्छौँ । कुनै हालतमा गठबन्धन कमजोर र टुटाउन नदिनेबारेमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवासँग छलफल भइरहेको समेत उनले बताए ।