गैँडाको खाग सहित ६ जना पक्राउ

Avatar photo
Dhadingpost
सोमवार, पुस ५, २०७८

काठमाडौं । संरक्षित वन्यजन्तु गैँडाको खाग सहित बौद्धबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गैंडाको खाग सहित पक्राउ पर्नेमा काभे्रका काभ्रे ४१ वर्षिय बिरमान तमाङ, ४२ वषिृय बेद बहादुर दनुवार, २० वर्षिय नवराज गिरी, ३२ वर्षिय भिम तमाङ, ३१ वर्षिय सोहन कार्की र सिन्धुलीका ४१ वर्षिय भिम बहादुर थिङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ६ जनालाई नै थप अनुसन्धानको लागि मिति जिल्ला डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।