इन्द्रेणी कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी

Avatar photo
Dhadingpost
सोमवार, पुस ५, २०७८

काठमाडौं । याँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । प्रहरीका अनुसार कम्प्लेक्सको माथिल्लो तलमा रहेको जीम सेन्टरमा आगलागी भएको हो ।

आलो नियन्त्रणमा लिन काठमाडौंका दुई, भक्तपुरबाट एक र ललितपुरबाट एक दमकल आएका छन् ।


आगलागीको कारण भने खुलेको छैन् । अहिलेसम्म क्षतिको विवरण पनि प्राप्त भएको छैन । वानेश्वर–माइतीघर सडकखण्डमा रमिता हेर्ने मानिसहरुको भिडले आवागमन प्रभावित भएको छ ।