शिक्षक कल्याण सहकारीको सम्पत्ती साढें १ करोड

Avatar photo
Dhadingpost
शनिबार, पुस ३, २०७८

धादिङ । माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध शिक्षकहरुले संचालनमा ल्याएको शिक्षक कल्याण वचत तथा ऋण सहकारीले आर्थिक वर्ष ०७७/७८मा १ लाख ३ सय ८७ नाफामा रहेको बताईएको छ ।

आज माओवादी केन्द्र धादिङका सह इन्चार्ज रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न ११ औँ वार्षिक साधारण सभामा सहकारीले उक्त रकम नाफा गरेको बताईएको हो ।

धादिङ जिल्लालाई कार्यक्षेत्र बनाएर २०६७ सालमा स्थापना गरिएको यस सहकारीको ३२८ जना पुरुष र २०५ जना महिला गरी ५३३ जना सेयर सदस्य छन् । सहकारीको सेयर पूजी २९ लाख ४९ हजार ५ सय रहेको छ भने कुल सम्पत्ति १ करोड ६६ लाख ८६ हजार ३ सय २४ अध्यक्ष केशरी प्रसाद पन्तले बताए ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, माओवादी केन्द्र नीलकण्ठ नगर कमिटी अध्यक्ष शम्भु श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।