
धादिङ । नेपाल डोरी तान संघ धादिङले आयोजना गरेको जिल्ला स्तरीय ‘टग अफ वार’ (डोरी तान) प्रतियोगिता नीलकण्ठ नगरपालिका ससाह स्थित देउराली माध्यामिक विद्यालयले जितेको छ ।
माध्यामिक विद्यालय स्तरीय यस प्रतियोगितामा धादिङबेसीको चिल्ड्रेनपार्क माध्यामिक विद्यालयलाई सिधासेटमा पराजित गर्दै देउराली माध्यामिक विद्यालय प्रथम भएको हो । यस प्रतियोगितामा जिल्लाका १७ वटा माध्यामिक विद्यालयहरुले भाग लिएका थिए ।


आयोजकले प्रथम हुने देउरालीलाई नगद १५ हजार, उप विजेता चिल्ड्रेनपार्कलाई १० हजार र तृतिय हुने नीलकण्ठ माविलाई ५ हजार नगद सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरेको छ ।
प्रतियोगिताको पुस्कार वितरण तथा समापन कार्यक्रममका प्रमुख अतिथि प्रतापसिंह तामाङले धादिङमा अब डोरीतान प्रतियोगिताले गतिलिने बताएका थिए । अब धादिङमा डोरीतान खेल नियमित संचालन गर्न आयोजकलाई आग्रह गर्दै तामाङले यसका लागि जिल्ला खेलकुद विकास समिति सहयोग गर्न तयार रहेको बताएका थिए ।

धादिङका यी १७ माध्यामिक विद्यालयहरुले भाग लिएका थिए पहिलो जिल्ला स्तरीय टग अफ वार’ प्रतियोगिता
१. सरस्वती मावि धुवाकोट
२. चिल्ड्रेपार्क धादिङबेसी
३. सुनगाभा एकेडेमी, धादिङबेसी
४. बालमन्दिर मावि, धादिङबेसी
५. पञ्चकन्या खाल्टे
६. पशुपती मावि साङ्कोस
७. कालीदेवि मावि खाल्टे
८. नलाङ मावि सिद्धलेक
९. अमर आदर्श मावि नीलकण्ठ
१०. दउराली मावि, ससाह
११. जलेश्वरी मावि, नलिकण्ठ
१२. पञ्चमुखी मावि सिद्धलेक
१३.एड्भान्स एकेडेमी, धादिङबेसी
१४. न्यू किबो बोर्डिङ, धादिङबेसी
१५.नीलकण्ठ मावि, धादिङबेसी
१६. सुनौला भैरवि मावि, तल्लोबेसी
१७. मञ्जुश्री मावि, नीलकलण्ठ