कांग्रेस सभापतिमा दोस्रो चरण निर्वाचन हुने

Avatar photo
Dhadingpost
मंसिर २८, २०७८

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डा‍ शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको हो ।

अन्तिम मत परिणाम अनुसार ४ हजार ६ सय ७९ मत खसेकेमा कल्याण गुरुङ २०, प्रकाशमान सिहं ३७१, विमलेन्द्र निधि २४९, डा. शेखर कोइराला १७२९, शेर बहादुर देउवा २२५८ प्राप्त गरे कसैको पनि ५० प्रतिशद नकटे सँगै दोस्रो चरणको मतदान हुने भएको हो ।

कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, त्यसले सभापतिमा जितको आधार तय गर्नेछ ।