धादिङ मंसिर २० । गुण्डागर्दी गरी रकम असुली गर्ने गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरि “आपराधिक लाभ लिएको कसुर”(extortion) मुद्दा अगाडी बढाएको छ ।
पक्राउ पर्नेमा काठमाडौंका मिलन जोशी र दोलखाका रबिन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
यी दुईले हामीहरु यस एरियाका दादा हौं भन्दै हामीहरुलाई मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तिमा प्रतिव्यक्ति २५ हजारका दरले कमिसशन दिनु पर्छ,नत्र मेनपावर चलाउन दिदेनौ भनि हाल सम्म ९० लाख २५ हजार लिएको प्रमाण समेत पेश हुन आएको र हाल लकडाउनको कारण मेनपावर चल्न नसकेको अवस्थामा निजहरुले कमिसन तथा दशैं खर्च समेतको एकमुष्ट रकम सञ्चालक सँग माग गरी पटक पटक धम्की दिदै आएको पाईएको प्रहरीले जनाएको छ ।