द राईजिङ भिलेजमा फुड फेस्टिबल (फोटो फिचर)

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १७, २०७८

धादिङ मंसिर १७ । धादिङको गल्छी गाउँपालिका स्थित गल्छी गाउँपलिकाको कार्यालय नजिकै रहेको द राईजिङ भिलेज एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले आज फुड फेस्टिबल मनाएका छन् ।

यस विद्यालयमा पढ्ने कुनै पनि विद्यार्थीले आज घरबाट खाजा ल्याएनन्, कतिपय अभिभावक खाजा पुर्याउन हैन खाजा खान र स्थानीय पनि खाजा खान द राईजिङ भिलेज आए, शिक्षकहरु पनि खाजा खान क्यान्टिन दौडिएनन् फुड फेस्टिबलमा इच्छा अनुसारको खाजा तयार थियो ।

विद्यालय हाता भित्र फुड फेस्टिबलको आयोजना गरेको थियो कक्षा ९ र १० का विद्यार्थीहरुले । प्रतिव्यक्ति ३०० उठाएर सामाग्री खरिद गरि कक्षामा सिकेको सिपबाट उनीहरुले विद्यालय परिसरमा विभिन्न प्रकारका खानेकुरा तयार गरेर प्रदर्शनीमा राखेका थिए । उनीहरुले बनाएको परिकार किनेर खान प्रदर्शनीमा शिक्षक विद्यार्थी र अभिभावकहरु समेत सहभागी भएका थिए ।

फुड फेस्टिबल विद्यार्थीको सिकाई भएको प्रिन्सिपल नवराज ओझा बताउँछन् । कच्चा सामाग्री संकलन देखि विभिन्न प्रकारका परिकार तयारी बनाउन सजिलो थिएन, त्यस माथि घरमा अभिभावकहरुले समेत काममा नलगाएका बालबालिकाहरुलाई । यो फुड फेस्टिबल मनाउँदै गर्दा विद्यार्थी कच्चा सामाग्री किन्न बजार पुगे, कुन परिकार कसरी बनाउने त्यो सिके त्यति मात्रै है तयारी परिकार कसरी व्यपार गर्ने समेत सिके यस्ता व्यवहारिक शिक्षण द राईजिङ भिलेजको प्रथामिकतामा रहेको समेत प्रिन्सिपल ओझाले बताए ।