केपी ओली दोस्रो पटक अध्यक्षमा विजयी

Avatar photo
Dhadingpost
मंसिर १४, २०७८

भरतपुर मंसिर १४ । नेकपा एमालेको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

एमाले चितवनकी अध्यक्ष पार्वती रावलका अनुसार २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।