कांग्रेस धादिङका यी दुई युवा नेताले, जिल्ला सचिव र सह सचिवमा उम्मेदवारी दिने

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ९, २०७८

धादिङ मंसिर ९ । नेपाली कांग्रेस धादिङको १४ औं जिल्ला अधिवेशन भोली अर्थात मंसिर १० गते हुन गहि रहेको छ । जिल्ला सभापतिमा भिम प्रसाद ढुङ्गाना र रामनाथ अधिकारीले यस अघि नै उम्मेदवारी घोषणा गरि सकेका छन् ।

यहि चुनावी माहौंलमा दुई युवा नेताहरु जिल्ला कमिटीमा युवाको प्रतिनीधित्वको नारा लिँदै सचिव र सह-सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । युवा नेता विकास श्रेष्ठले सचिव पदमा र अर्का युवा नवराज तिमल्सिनाले सहसचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेस भित्रका युवा पुस्ता त्यसमा पनि संचार र मिडियालाई राम्रो सँग बुझेका मिडिया मैत्री यी दुई युवाले यस अघि कांग्रेसको प्रकाशन र प्रचार प्रसारको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।

सचिव पदका उम्मेदवार विकास श्रेष्ठको राजनीतिक आवद्धता
1. नेपाल विद्यार्थी संघको सदस्यता प्राप्त – वि.सं.२०५४
2. नेपाल विद्यार्थी संघ, नीलकण्ठ माध्यमिक विद्यालय इकाई, धादिङबेसी, उपाध्यक्ष – वि.सं. २०५४-२०५६ बैशाख
3. नेपाल विद्यार्थी संघ, नीलकण्ठ उच्च माध्यमिक विद्यालय इकाई, धादिङबेसी, अध्यक्ष – वि.सं. २०५७ असोज ६ – २०५८ बैशाख
4. नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति, धादिङ, सदस्य – वि. सं. २०५९ फागुन ११- वि. सं. २०५९ फागुन २०
5. नेपाल विद्यार्थी संघ, प्रतिगमनविरुद्धको आन्दोलन परिचालन उपसमिति सदस्य , शंकरदेव क्याम्पस(काठमाडौं), सदस्य- वि.सं. २०५९ –
6. नेपाल विद्यार्थी संघ, क्षेत्रीय कार्यसमिति(तदर्थ), धादिङ, क्षेत्र नं. २, अध्यक्ष – वि. सं. २०६० भदौ ७ – वि. सं. २०६१ मंसिर २८
7. नेपाल विद्यार्थी संघ, क्षेत्रीय कार्यसमिति, धादिङ, क्षेत्र नं. २, अध्यक्ष – वि. सं. २०६१ मंसिर २९ – वि. सं. २०६३ फागुन ५
8. नेपाल विद्यार्थी संघ, केन्द्रीय प्रतिनिधि – वि.सं. २०६२, दशौं महाधिवेशन(पोखरा, स्थगित)
9. नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति, धादिङ, उपाध्यक्ष – वि.सं. २०६४ बैशाख ५ – वि.सं. २०७१ भदौ १०
10. २०७१ भदौ १५ गते सम्पन्न निर्वाचनबाट केन्द्रीय प्रतिनिधि निर्वाचित
11. नेपाल विद्यार्थी संघ, केन्द्रीय प्रतिनिधि – वि.सं. २०७३, एघारौं महाधिवेशन
12. नेपाली कांग्रेस, क्षेत्रीय प्रतिनिधि – वि.सं. २०७२
13. नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, धादिङ, सदस्य(१३औं महाधिवेशन) – वि.सं. २०७२ चैत – हालसम्म

सह-सचिव पदका उम्मेदवार नवराज तिमल्सिनाको राजनीतिक आवद्धता
1. राजनितिक आवद्धता: ने. वि. संघ सदस्य २०५४ साल बैशाख ६ गते (नेविसंघ स्थापना दिवस)
2. माध्यमिक विद्यालय इकाई अध्यक्ष: २०५५ श्री अचने मा. वि. खहरे, त्रिपुरासुन्दरी-७, धादिङ
3. नेविसंघ सरस्वती क्याम्पस इकाई सदस्य (२०६०-२०६७)
4. नेविसंघ क्षेत्रीय अध्यक्ष धादिङ-१ (२०६३-२०६७)
5. नेविसंघ जिल्ला सदस्य: २०७१
6. नेपाली कांग्रेस जिल्ला सदस्य: (२०७२-२०७८)
7. लोकतान्त्र प्रप्तीका लागि भएको प्रतिगमन विरुद्ध(२०५८)को आन्दोलन देखि जनआन्दोलन २०६२/२०६३ को जनआन्दोलनमा पार्टिको तर्फबाट सकृय सहभागी
8. महाभुकम्प २०७२ को महाविपत्तिमा तत्काल उद्धार तथा राहत वितरणमा पार्टीको तर्फबाट सहभागी
9. पार्टीको हरेक तहबाट भएको औपचारिक निर्णय तथा निर्देशनलाई कार्यन्वयान गर्न निरन्तर सकृय