धादिङ २ को प्रदेश सभापतिमा रणबहादुर तामाङ र होमबहादुर गुरुङ विजयी

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ८, २०७८

धादिङ मंसिर ८ । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ (क) र (ख) को निर्वाचन सकिए सँगै मत परिणाम सार्वजनिक भएको छ । जसमा (क) को सभापतीमा रामनाथ समहुका होम गुरुङ विजयी भएका छन् भने (ख) को सभापतीमा ढुङ्गाना समुहका रणबहादुर तामाङ निर्वाचित भएका छन् ।

मतगणनामा सहभागि एक कांग्रेस नेताका अनुसार रणबहादुर तामाङले १९ मतको अग्रताले जितेका हुन् भने होम गुरुङले ५७ मतको अग्रतामा जितेका हुन् । यद्यपी निर्वाचन समितिले मत परिणाम सार्वजनिक भने गरि सकेको छैन । अन्य पदाधिकारी तथा सदस्य र प्रतिनीधिहरुको मतगणना सकियपछि मात्रै मतपरिणाम सार्वजनिक हुने बताईएको छ ।

धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को मत गणना अन्तिम तिर पुगेको बताईएको छ ।