धादिङ कांग्रेस क्षेत्र नम्बर १ को सचिवमा श्रीराम खतिवडाको उम्मेदवारी

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ७, २०७८

धादिङ मंसिर ७ । नेपाली कांग्रेस धादिङको संघीय क्षेत्र नम्बर १ को सचिव पदमा श्रीराम खतिवडाले उम्मेदवारी दिएका छन् । रामनाथ अधिकारी प्यानलबाट उम्मेदवारी दिएका खतिवडाले युवा नेतृत्व सँगै काँग्रेसको रुपान्तरणका लाग आफुले उम्मेदवारी दिएको बताएका छन् ।

राजनीतिक उपलब्धी सँगै आर्थिक स्थायीत्वमा युवा हस्तक्षेप, राजनीतिमा युवाको उपस्थिति सकारात्मक र सार्थक बनाउदै परिणाम मुखी नेतृत्व, कांग्रेसको आन्तरीक लोकतन्त्रको सुदृढिकरणको लागि आफुले चुनाव जित्नेमा ढुक्क रहेको खतिवडाले धादिङपोष्टलाई बताए ।

कांग्रसको क्षेत्र नम्बर १ अन्तरगतका दुबै प्रदेशको निर्वाचन सम्पन्न भैसकेको छ भने संघीय क्षेत्रको निर्वाचन मंसिर ८ गते हुनेछ ।