जनगणनामा व्यक्ति मात्र गनेको छैन । परिवार वा व्यक्तिले प्रयोग गर्ने भौतिक सुविधाका सामानहरु, घरको दिगोपना, विकासका पूर्वाधार, अक्सर बसोवार सहितका विभिन्न किसिमका प्रश्नावली सोधिएकाछन् । कतिलाई लाग्न सक्छ व्यक्तिगत जानकारी राज्यलाई किन चाहियो भन्ने प्रश्न पनि उठेकाछन् । उठ्नु स्वभाविक पनि जान्छ । किन कि राज्यले जनतालाई जनगणको महत्व आवश्यकता बुझाउन नसके सहित तथ्यांक नआउन सक्छ । तर प्रचार प्रसारमा सरकार/तथ्यांक विभागले सवै किसिमका प्रचार सामाग्री निर्माण प्रयोग गरेको छ ।
अहिले अधिकांश परिवारमा अझ भनौ अधिकांश व्यक्तिसंग मोवाएल फोन छ । अरुलाई फोन गर्ने वित्तिकै जनगणनाकै सुचना आँउछ । डिजिल नेपालको नारा लगाइए पनि जनगणनालाई विद्युतिय बनाउन नसक्नु सरकारको कमजोरी रह्यो । छ वर्ष अघि भुकम्पको सवैकाम एप्स बनाएर गरियो । जनगणना गर्दा एप्स बनाएर विद्युतिय बनाउन सकिएन । पूर्ण विद्युतिय बनाउन नसक्दा सफ्टवयरमा प्रविष्टि गर्दा र प्रशोधनका काम सक्दा एक वर्षदेखि पाँच वर्षसम्म लाग्ने देखिएको छ । डिजिटल नेपालमा फेरी पनि कागज र कलमले निरन्तरता पाउनु दुखद हो ।
विभिन्न क्षेत्रका विज्ञहरुले धेरै समय खर्चेर प्रश्नावली बनाएकाले कुनै सुचना वा तथ्यांक अपुग भयो भन्न त मिल्दैन । बरु यति साना र व्यक्तिगत सुचनाहरु किन माग्यो । कतै हाम्रो व्यक्तिगत सुचनाको दुरुपयोग हुने पो हो कि भनेर प्रश्न उठ्नु वा सहित सुचना तथा उत्तर नदिने हुन कि भन्ने प्रश्न रहन्छ । जनगणाको प्रचार प्रसारमै पनि धेरै स्पष्ट पारेको छ । अझ जनगणा सुपरिवेक्षकले घरदैलो भेटघाटमा पक्कै जनगणाको महत्व र आवश्यकता बुझाएको हुनपर्छ । गणकले त प्रश्ननै सोधेर उत्तर जनता जानकारी लिने भएकोले सहित तथ्यांक नआउनेमा शंका गर्नु पर्ने देखिदैन । सुचना चुवावट नहुनेमा जनतालाई विश्वस्त पार्न नसक्नु राजनीति नेतृत्व र कर्मचारी प्रशासनको कमजोरीका रुपमा लिनु पर्छ ।
मानिसहरुको अक्सर बसोवासले शिक्षा, रोजगारी, विकासका पूर्वाधार कहाँ कहाँ छ भन्ने देखाउछ । त्यसकारण अक्सर बसोवासको कुरा सोधिएकाछन् । विगत दश वर्षमा जनसंख्याको स्थिति पत्ता लगाउन वद्धिदर तथा मृत्युदरले तथ्यांक लिएको छ । त्यसबाट जनसंख्या वृद्धिदर तथा मृत्युदर नियन्त्रण गर्न सहयोग पु¥याउने किसिमका नीति कार्यक्रम अवलम्वन गर्न सहयोग पु¥याउछ ।
सुचना तथा तथ्यांकका आधारमा स्वास्थ्य तथा सरसफाई योजना, शिक्षा रणनीति, विकास पूर्वाधारको योजना, आर्थिक क्षेत्रको विकास योजना तर्जुमा गर्न सहयोग पुग्छ । तथ्यांक लिनका लागि मात्र तथ्यांक लिएको होइन । तर मुल नेतृत्व राजनीति हो । विद्यमान अवस्थालाई नै हेरेर अनुमान गर्ने हो भने राजनीति नेतृत्व तथ्थांक हेरेर विकास योजना बनाउन तथा तथ्यांकको समुचित प्रयोग हुनेमा शंकय गर्ने प्रशस्त ठाँउ देखिदैन ।
यस पटकको जनण गणनामा अन्य सेवामा नरहेका जनशक्तिको प्रयोग भएकाले सवैको घरदैलोसम्म सुपरिवेक्षक र गणक पुग्ने विश्वास लिन सकिन्छि । किन कि उहाँहरु नयाँ यूवा र भर्खर अध्यायन गरिसकेका वा गदै गरेकय हुनु हुन्छ । उहाँहरुलाई चौतारीमा बसेर गणना गर्न अनुभव र त्यो किसिमको जानकारी पनि छैन । जनगणालाई राष्ट्रिय पर्वमाका रुपमा मनाउन सरोकारवालारुको सहभागिता आवश्यक र महत्वपूर्ण हुन्छ ।