धादिङमा एन्फा लिगको पहिलो दिन आज २ खेल हुने

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १, २०७८

धादिङ मंसिर १ । जिल्ला फुटबलले आयोजना गर्ने नवौं जिल्ला लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै छ । आज हुने पहिलो दिनमा दुई खेलहरु हुने छन् ।

एन्फा धादिङबाट मान्यता प्राप्त ११ वटा क्लवहरुले भाग लिने यस प्रतियोगितामा आज पहिलो खेल ग्रुप ए मा रहेको धुनीबेसी युवा क्लव, धार्के, धुनीबेसी र ग्रुप ए कै अरुणदय युवा क्लव, आदमटार, सिद्धलेक बीच बिहान ११ बजेबाछ हुने छ भने दोस्रो खेल ग्रुप ए कै इन्द्रेणी युवा क्लव, आदमघाट, गजुरी र धादिङ समाज धादिङ, धादिङबेसी नीलकण्ठ बीच हुने छ ।

आज उद्घाटनको दिन २ खेल हुने भएपनि भोली देखि दैनिक ४ खेल खेलाईने जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाले बताए । कार्तिक २४ गतेबाट हुने भनिएको यस प्रतियोगिता प्राविधिक कारण देखाउँदै एन्फा धादिङले आजबाट खेल सुरु गर्ने भएको हो ।