
काठमाडौं कात्तिक ३० । माओवादी केन्द्रले मंसिर ४ मा वडा, ११ गते पालिका र २५ गते प्रदेश सम्मेलन गर्दैछ भने पुस ११(१३ मा राष्ट्रिय सम्मेलन गर्न लागेको छ ।
पार्टीको यस आन्तरिक निर्वाचनमा प्यानल बनाएर चुनाव जान नपाईने निर्णय गरिएको पार्टीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार वडा पदाधिकारीको उम्मेदवार बन्नेले १ सय रूपैयाँ शुल्क निर्वाचन समितिलाई तिनुपर्ने छ । वडा सदस्यको उम्मेदवारीका लागि ५० रूपैयाँ तोकिएको छ ।पालिका पदाधिकारीमा उम्मेदवारी दिनेले ५ सय र सदस्यकोको लागि ३ सय निर्धारण गरिएको छ । त्यस्तै प्रदेश पदाधिकारीले १ हजार र सदस्यले ५ सय रूपैयाँ तिनुपर्ने छ ।
माओवादीले अहिलेसम्म आफ्नो जीवनकालमा निर्वाचनबाट नेतृत्व चयन गरेको छैन । टुटफुट र संसदीय राजनीतिको तितोमीठो अनुभव संगाल्दै यहाँसम्म आइपुगेको माओवादीले अब सहमति हुन नसकेको ठाउँमा निर्वाचनबाट नेतृत्व चयन गर्ने भएको हो । फाईल फोटो