
धादिङ कात्तिक ३० । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाबाट प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र इटनी काज फिर्ता भए सँगै प्रमुख प्रशासकिय अधिकृतमा इन्द्र बहादुर खतिवडाले कात्तिक २५ गते देखि गाउँपालिकामा हाजिरी भए । तर काज फिर्ताभई सक्दा पनि यस अघिका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र इटनीले मंसिर १ गते सम्मको अग्रिम हाजिरी गरेको पाईएको छ ।
चिकित्सा विज्ञान आयोगमा दरबन्दी भई काजमा त्रिपुरासुन्दरीको प्रमुख प्रशाकिय अधिकृतको भुमिकामा रहेका इटनीको काज फिर्ता भई नयाँ प्रमुख प्रशासकीय अधिकृत समेत आईसकेको अवस्थामा इटनीले मंसीर १ गते सम्मको अग्रिम हाजिरी गरेको पाईएको हो ।
इटनीले भने आफुले नियत बस अग्रिम हाजिरी नगरेको र कार्तिक १ गते हाजिरी गर्ने क्रममा टुत्री हुन गई तल्लो रोमा हस्ताक्षर गर्दा मंसीर १ को कोलाममा पुगेको धादिङपोष्टलाई बताए । यो ठुलो कुरा हैन मैले कुनै बदमासी गर्ने अभिप्रायले मंसिर १ गते सम्म हाजिरी गरेको हैन गर्ने भए कार्तिक ३० गतेको पनि हस्ताक्षर गर्थें होलानी । त्यो मिस्टके भएर हस्ताक्षर तल पर्न गएको मात्रै हो उनले बताए ।
त्रिपुरासुन्दरीमा कात्तिक २५ गते देखि प्रमुख प्रशासकिय अधिकृतमा इन्द्र बहादुर खतिवडाले हाजिर गरेका भैसकेको अवस्थामा अघिका प्रमुख प्रशासकिय अधिकृत इटनीले पनि प्रमुख प्रशासकिय अधिकृत नै भनेर मंसिर १ गते सम्म अग्रिम हाजिरी गरेको सत्य भएको स्थानीय जनप्रतिनीधिहरुको दावी छ ।
