त्रिपुरासुन्दरीको प्रमुख प्रशासकिय अधिकृतमा इन्द्र बहादुर खतिवडा

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २५, २०७८

धादिङ कात्तिक २५ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा इन्द्र बहादुर खतिवडा आएका छन् । जिल्ला हुलाक कार्यालय धादिङमा कार्यरत खतिवडा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरे सँगै आजबाट त्रिपुरासुन्दरी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नियुक्त भएका हुन् ।

खतिवडालाई गाउँपालिकाको उप-प्रमुख देवीकुमारी बुर्लाकोटी, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, गाउँपालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए । गाउँपालिकाको विकास र शुसासनका लागि महत्वपूर्ण योगदान गर्न नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत खतिवडालाई आव्हान गरिएको वडा अध्यक्ष देवराज धरेलले बताए ।

कानुन कार्यान्वयन र अनियमिता, भ्रष्टचार नियन्त्रणमा आफ्नो मुख्य ध्यान जाने र त्रिपुरासुन्दरीलाई आफ्नो कार्यकालमा नमुना बनाउन पहल गर्ने प्रमुख प्रशासकिय खतिवडाले स्वागत ग्रहण गर्दै प्रतिवद्धता जनाएका थिए ।