एमाले गल्छीको अधिवेशन सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २९, २०७८

धादिङ कात्तिक २९ । कपा एमाले स्थायी कमिटि सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे मंसिर ४ गते एमाले गल्छी गाउँपालिकाको अधिवेशन उद्घाटन गर्न आउने भएका छन् । विभिन्न साँस्कृतिक झाँकीका साथ अधिवेशन गर्ने तयारी गरेको एमाले गल्छीले उद्घाटनका लागि पाण्डेलाई ल्याउने भएको हो ।

हाल सम्म एमाले धादिङले १० वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ भने गल्छीको मंसीर ४ गते गर्न लागेको हो । नीलकण्ठको अध्यक्षमा हरि बहादुर श्रेष्ठ, धुनीबेसीको अध्यक्षमा रामराजा पाण्डे, गजुरीको अध्यक्षमा माधव भण्डारी, रुबिभ्यालीको अध्यक्षमा प्रेम बहादुर तामाङ, बेनिघाट रोराङको अध्यक्षमा रमेश कुमार भट्टराई, गङ्गाजमुनाको अध्यक्षमा भक्त बहादुर लामिछाने चयन गरेको छ ।

यस्तै नेत्रावती डवजोङको अध्यक्षमा सुवर्ण रिमाल, खनियाबासको अध्यक्षमा पन्थ तामाङ र सिद्धलेकको अध्यक्ष कमला शर्मा र त्रिपुरासुन्दरीको हरि पन्त निर्वाचित भएका छन् ।