साँझ नपर्दै भट्टी छिर्ने बानी छाड्न पत्रकारलाई माधव नेपालको आग्रह

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २७, २०७८

काठमाडौं कात्तिक २७ । नेकपा एस निकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष माधव नेपालले पत्रकारहरुलाई साँझ पर्ने वित्तिकैभट्टी छिर्ने बानी त्याग्न आग्रह गरेका छन् ।

सर्लाही जाँदा त्यहाँ सुनेँ, गर्मी महिनामा साढे सात बजे र जाडो मौसममा साढे पाँचै बजे होटलमा जम्मा हुने गर्छन् । टेबुलभरी बोतल र गिलास ठोकाठोक गर्ने अनि घरमा गएर झगडा गर्ने कुन पार्टीका मान्छे हुन् ? यो प्रश्न तपाईहरुलाई पनि उठेको भन्दै पत्रकारलार्य आचरण सुधार्न नेपालले आग्रह गगरेका हुन् ।

अध्यक्ष नेपालले साँझ पर्ने वित्तिकै होटल धाउनैपर्ने र रक्सी नखाई निद्रै नलाग्नेहरुको बारेमा आफूले जानकारी राख्ने बताउँदै रक्सीले मान्छेको आयु घटाउने र घर कलह तथा समाजमा विकृति हुने बताएका थिए ।