
धादिङ कात्तिक २७ । नेकपा एमाले धादिङले आशन्न केन्द्रीय महादिवेशनको लागि जिल्लाबाट २२ जना प्रतिनीधिको नाम टुग्याउने बताएको छ । २२ जना प्रतिनीधि छनोट गर्नु पर्ने छ तर पनि ९१ जनाले उम्मेदवारी दिएका छन् ।
सहमतीमा नै २२ जना प्रतिनीधिको नाम फाईनल गर्दै छौं, केहि साथीहरुले उम्मेदवारी फिर्ता पनि गरि सक्नु भएको छ नेतृ राधिका सापकोटाले बताईन् । सहमति नजुटेको खण्डमा चुनाव कहिले हुन्छ ? भन्ने हाम्रो प्रश्नमा सहमति जुटेन भने आजै १ बजेपछि मतदानबाट भएपनि प्रतिनीधि छनोट गरिने सापोटाकोले बताईन् ।
२ हजार ८६० जना महिला सहित १३ हजार ००७ जना पार्टी सदस्य रहेको एमाले धादिङबाट खुल्ला तर्फ १४ जना, महिला ६ जना र दलित २ जना गरी २२ जना महाधिबेशन प्रतिनीधि छनोट हुनेछन् । वडा, नगर/गाउँ अधिवेशन सम्पन्न गरेको एमाले महाधिवेशन प्रतिनिधि चयनमा जुटेको छ । साढे ७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दै छ । प्रदेश र सो-सरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन् ।
१ हजार २ सयसम्म पार्टी सदस्य रहेका निर्वाचन क्षेत्रबाट ३ जनाका दरले प्रतिनिधि चयन हुने छन् । तीमध्ये एक जना महिला अनिवार्य गरिएको छ। निर्वाचन क्षेत्रमा जति बढी सदस्य हुने छन् । त्यसै अनुपातमा थप प्रतिनिधि चयन हुने छन् । देशभित्रका विशेष जिल्ला अन्तर्गतका १ हजार २ सयसम्म पार्टी सदस्य मध्येबाट कम्तीमा १ महिलासहित ३ जनाका दरले प्रतिनिधि छनौट हुने छन् । जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्य मध्येबाट १ जना प्रतिनिधि निर्वाचित हुने छन् । दलितका हकमा पनि ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य हुनुपर्छ ।
भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने छन् । भारत, अमेरिका क्यानडा समेत, युरोप, एसिया प्यासिफिक, खाडी र ओसियानमध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा २ महिलासहित ५ जनाका दरले प्रतिनिधि निर्वाचित हुने छन् ।
पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालयअन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तीमा २ महिलासहित ५ जना प्रतिनिधि चयन हुनेछ । विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेकामध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने छन् । केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीसमेत सदस्यहरूमध्येबाट १५ प्रतिनिधि निर्वाचित हुनेछन् ।
