नेकपा एसका नेता गिरिजा अधिकारीको करेण्ट लागेर मृत्यु

Avatar photo
Dhadingpost
कार्तिक २२, २०७८

हेटौंडा कात्तिक २२ । नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव गिरिजा अधिकारीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडामा बाटो निर्माणका लागि बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागी घाईते बनेका अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो । अधिकारी विद्यार्थी राजनीतिमा समेत सक्रिय थिए ।

जेसिवीको बकेटमाथि चढेर तार पन्छाउने क्रममा उनले ११ हजार भोल्टेजको तार छुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।

करेन्ट लागेर घाइते भएका अधिकारीलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट रामचन्द्र सापकोटाले बताए ।