धादिङमा जारी टी-२० क्रिकेटमा उज्वलको चर्चा, एकै खेलमा ८ विकेट

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १३, २०७८

धादिङ कात्तिक १३ । धादिङमा जारी टी २० क्रिकेट प्रतियोगिताको तेस्रो दिन गजुरी सामुदायीक विकास समाजबाट खेलेका उज्वल चर्चामा रहे उनले हाम्रो जनहित युवा समाज मलेखु सँगको खेलमा ५ ब्याटर सुन्य रन सहित ८ विकेट लिएका थिए । धादिङ क्रिकेट संघको आयोजनामा जारी धादिङ जिल्ला टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो दिनको तेस्रो खेलमा गजुरी सामुदायिक विकास समाज र हाम्रो जनहित युवा समाज बिच भएको खेलमा गजुरीका अलराउन्डर उज्वाल थापाले ८ विकेट सहित हट्रिक लिएका छन्।

बिशालटारको चन्द्रदय खेल मैदानमा टस जितेर ब्याटिङका लागि आएको गजुरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन जोड्यो। टोलीका लागि सानु गलेले ३९ बलमा ३९ रन बनाए। साथै उज्वल थापाले १० बलमा २३ रन प्रहार गरे। हाम्रो जनहित युवा समाजको विजय त्रिपाठीले ४ ओभरमा बलिङ गर्दै २७ रन दिएर २ विकेट लिए। रबिन त्रिपाठी , सुदिप पुरी, विजय उप्रेती र ईश्वर त्रिपाठीले भने सम्मान १/१ विकेट हात पारे।

जवाफी ब्याटिङ गर्न आएको हाम्रो जनहित युवा समाजले ६९ रन मै सम्पुर्ण विकेट गुमायो। हाम्रो जनहितलाई सस्तोमा रोक्न गजुरीका उजवलले ८ विकेट लिए। उनले ४ ओभरमा २ मेडन राख्दै ६ रन दिएर ८ विकेट लिएका थिए। उज्वलले हाम्रो जनहितका ५ ब्याटर लाई सुन्य रनमै आउट गरे। ८ विकेट लिने क्रममा उजवलले आफ्नो हट्रिक विकेट पनि पुरा गरे।

हाम्रो जनहित युवा समाजबाट रबिन त्रिपाठीले भने २८ बलमा २७ रन जोडे। गजुरीका उज्वलले ८ विकेट लिग्दा सक्षम खरेलले २ विकेट हात पारे। खेलको म्यान अफ द म्याच उज्वल थापा भए। समूह एमा रहेको गजुरी सामुदायिक विकास समाजले लगातार दोस्रो जित दर्ता गरेको छ यस्तै दुई खेलमा हारेको हाम्रो जनहित युवा समाजको सेमी फाइनलको यात्रा भने टुंगिएको छ।

आज बिहान भएको खेलमा हाईवे स्पोर्ट्स क्लबले बैरेनी युवा समुह माथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ । बिशालटारको चन्द्रदय खेल मैदानमा टस जितेर ब्याटिङका लागि आएको बैरेनी युवा समुहले निर्धारित २० ओभरमा सम्पुर्ण विकेट गुमाएर १२० रन जोडेको थियो। टोलीका लागि प्रतीक सुवेदीले १९ बलमा १७ रन जोडे। यस्तै सुदिप भण्डारीले १४ बलमा १९ रन जोडे। बैरेनी युवा समुहले ४ विकेट रन आउट मार्फत नै गुमाएको थियो।

हाईवे स्पोर्ट्स क्लबका राम सेन ठकुरीले ४ ओभरमा १७ रन खर्चिएर १ विकेट लिए। यस्तै आयुश गिरीले ४ ओभरमा २६ रन दिँदै २ विकेट लिए। मनिष मगर , लक्ष्मण ठकुरी र आशिष गिरीले पनि सम्मान १/१ विकेट हात पारे। १२० रनको सामान्य लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको हाईवे स्पोर्ट्स क्लब एक समय ८ ओभरमा ३ विकेट गुमाउँदै ५८ रन जोडेको क्लब १६.५ ओभरमा भने ९ विकेट गुमाउँदै १०७ रन जोडेको थियो। त्यसपछि भने सलिश तिवारी र असिम मल्ल बिच १४ रनको साझेदारी हुँदा हाईवे स्पोर्ट्स क्लबले जित दर्ता गर्ने सफल भयो। टोलीका लागि असिम मल्लले १७ बलमा २३ रन जोडे भने आयुष गिरीले २० बलमा २३ रन जोडे। बैरेनी युवा समुहका प्रविन खतिवडाले ४ ओभरमा ३४ रन दिँदै ३ विकेट लिए। यस्तै रविन्द्र नेपाल र वसन्त भण्डारीले सम्मान २/२ विकेट हात पारे। खेलको म्यान अफ थ म्याच असिम मल्ल घोषित भए ।

यस्तै आजै भएको अर्को खेलमा धादिङ समाज धादिङले टस जितेर कारु मेमोरियल ट्रस्टलाई ब्याटिङको निम्तो दिएको थियो। कारुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १११ रन जोड्यो। टोलीका लागि सुमन सुनारले ४९ बलमा ३७ रन जोडे । यस्तै सचिन श्रेष्ठले २५ बलमा २२ रन जोडे ।

धादिङ समाज धादिङका सुजित श्रेष्ठले ४ ओभरमा ११ रन दिँदै ३ विकेट लिए। यस्तै सुमित श्रेष्ठले ४ ओभरमा १७ रन दिँदै २ विकेट लिए। साथै प्रशान्त श्रेष्ठ र कल्यनले सम्मान १/१ विकेट हात पारेका छन्। सामान्य लक्ष्य पछ्याउन मैदान प्रवेश गरेको धादिङ समाज धादिङले १५ ओभर ४ बलमा ११५ रन जोड्दै ४ विकेट गुमाएर लक्ष्य हासिल गर्यो। धादिङका अर्जुन नगरकोटी अर्धसतक बाट मात्रै १ रनले चुके । उनले ५० ४ चौका र ३ छक्काको मद्दतले ४९ रन जोडे। साथै कुशल श्रेष्ठले २० बलमा २० रन जोडे । यस्तै सरोज अधिकारी र अमित गुरुङले सम्मान १३ /१३ रन जोडे। कारु मेमोरियल ट्रस्टका कौशल रुपाखेतीले ४ ओभरमा १ मेडन राख्दै १० रन दिँदै १ विकेट लिए। साथै अमृत लम्साल र सचिन श्रेष्ठले पनि सम्मान १/१ विकेट लिए। खेलको म्यान अफ द म्याच अर्जुन नगरकोटी घोषित भए। समाचार स्रोतः धिन्दोक्रिकेट