अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा

Avatar photo
Dhadingpost
कार्तिक १०, २०७८

काठमाडौं कात्तिक १० । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अल्पमतमा परे सँगै पदबाट राजीनामा दिएकी छिन् । गत २ भदौमा मुख्यमन्त्री भएकी शाक्यले प्रदेशसभाबाट ७१ दिन काम गरेर राजीनामाको विकल्प रोजकी हुन् । शाक्यले छोटो समय भए पनि आफ्नो कार्यकाल उपलब्धीपूर्ण भएको र सबैले सहयोग गरेको बताइन् ।

मुख्यमन्त्री शाक्यले राजीनामा बुझाएपछि बागमती प्रदेशमा अर्को सरकार गठनको बाटो खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले बागमती प्रदेशमा अर्को सरकार गठनको तयारी गरेका छन् । उनीहरुले एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने निर्णयसमेत गरेका छन् ।