माओवादी केन्द्रको टोल देखि केन्द्र सम्मको सम्मेलनको मिति सार्वजनिक

Avatar photo
Dhadingpost
कार्तिक २, २०७८

धादिङ कार्तिक २ । नेकपा (माओवादी केन्द्र) को सामेबारेदेखि जारी स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (मंगलबार) बिहान बसेको स्थायी समिति वैठकले पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको उनले जानकारी दिए। पुस १७ गतेदेखि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। माओवादी स्थायी समितिको अर्को बैठक आगामी बिहीबार बस्ने प्रवक्ता महराले जानकारी दिए ।

  • सदस्यता नवीकरणः कात्तिक २५ गतेसम्म
  • टोल सम्मेलनः कात्तिक २७ गतेसम्म
  • वडा सम्मेलनः मंसिर ४ गतेसम्म
  • पालिका सम्मेलनः मंसिर ११ गतेसम्म
  • प्रदेश सम्मेलनः मंसिर २५ गतेसम्म
  • राष्ट्रिय सम्मेलनः पुस १७ देखि

वैठकले यसअघि एमालेलेमात्र अभ्यास गरेको यो कमिटी प्रणालीमा माओवादी पहिलोपटक गएको हो । जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष भने तोकिएको छैन । त्यस्तै माओवादीले १४९ सदस्यीय केन्द्रीय सल्लाहकार समिति पनि गठन गरेको छ । सल्लाहकार समितिको सभापति भने अर्को बैठकले चयन गर्ने स्थायी कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिए । सोही बैठकले खतिवडाको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय लेखा समिति गठन गरेको छ । त्यस्तै टंक राईको अध्यक्षतामा अनुशासन आयोग गठन गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यसअघि नै माओवादीले विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा निर्वाचन आयोग गठन गरेको छ ।