गल्छीका लक्ष्मण मल्ललाई दार्जलिङमा उपाधि

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १५, २०७८

धादिङ असोज १५ । भारतको दार्जिलिङमा भएको ‘दार्जिलङ एमटीबी एक्सी रेस २०२१’ २०२१’ (Darjeeling MTB XC Race 2021) प्रतियोगिताको उपाधी धादिङ गल्छीका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा रजत पदक विजेता साइकल यात्री लक्ष्मण मल्लले जितेका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिएकाे थियाे । ग्रीन टी भ्याली इकाे रिसार्ट (Green Tea Valley Eco Resort) बाट शुरु गरिएको साईकलिङ ४१.७१ कि. मि. दुरीमा रहेको टाइगर हिल क्याफे (Tiger Hill Cafe) मा गएर सकिएको थियाे । मल्लले उक्त दुरी २ घण्टा ४४ मिनेट ७ सेकेन्डमा पार गर्दै मल्ल प्रथम भएका हुन् ।

मल्ल पछ्याउदै २ घण्टा ४९ मिनेट ४२ सेकेण्डमा उक्त दुरी पार गरी सुरज राना मगर द्वितीय, ३ घण्टा ३ मिनेट ४६ सेकेन्ड समय लगाएर किरण लिम्बु तृतीय भएका छन् । यस्तै प्रतियोगीतामा चाैंथो देखी दशौं स्थानमा क्रमश मार्क ब्रेट, फुन्शोक स्यान्ङ्वो, घनश्याम राई, आकाश चौधरी, दिशान्त क्षेत्री, तेन्जी लोदेन शेर्पा र ताशी फेन्चोक शेर्पा भए ।